काठमाडौं। कोरोना महामारीका कारण विश्वभर बन्द भएको पर्यटन गन्तव्यमध्ये ११५ वटा पर्यटन गन्तव्य खुल्ला भएको छ। संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार प्रतिबन्ध भएका कूल पर्यटकीय गन्तव्यमध्ये ५३ प्रतिशत मुलुकले यात्रा लागि लगाएको प्रतिबन्ध हटाएका छन्।
यसरी, खुल्ला भएका पर्यटन गन्तव्य भने शर्त सहित खुल्ला भएका छन्। यूएनडब्लूटीओले १ सेम्टेम्बरसम्मको तथ्यांक विश्लेषण गरेर रिपोर्ट तयार गरेको बताएको छ।
यूएनडब्लूटीओका महासचिव जुरब पोलोलिकाशभिल्लीले भनेका छन्, “समन्वयीक नेतृत्व र सरकारहरुबीचको सहकार्यले पर्यटन विस्तारै तर, स्थिर रुपमा विश्वका विभिन्न भागमा पुनः सुरुआत हुँदैछन्। पर्यटनमा लागेको प्रतिबन्धहरु खुल्दै जाँदा पर्यटनको सामाजिक र आर्थिक फाइदा पनि प्राप्त हुनेछ।”
खुल्ला भएका पर्यटन गन्तव्यमध्ये ११३ मुलुकले पर्यटकका लागि केही विशेष शर्तहरु तोकेका छन्। उन्नत अर्थव्यवस्था भएका मुलुकहरुमध्येको ७८ प्रतिशत पर्यटन गन्तव्यले प्रतिबन्धहरुलाई सरल बनाएका छन् भने उदयीमान अर्थव्यवस्था भएका पर्यटन गन्तव्यमध्ये ४७ प्रतिशतले प्रतिबन्धहरु खुकुलो बनाएको यूएनडब्लूटीओले उल्लेख गरेको छ।
विश्वभरका पर्यटन गतन्व्य मुलुकमध्ये ९३ मुलुक (४३ प्रतिशत)ले पर्यटकका लागि सीमा नाका पूर्णरूपमा बन्द गरेका छन्। यसरी पर्यटकका लागि खुल्ला गरिएका मुलुकमध्ये कतिपयले आंशिक रुपमा सीमाना खुल्ला गरेका छन् भने केही विशेष प्रतिबन्धहरु कायम राखेका छन्। कतिपय मुलुकमा मेडिकल सर्टिफिकेट पेश गर्नुपर्छ भने केही मुलुकले क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था लागू गरेका छन्।
नेपालको छिमेकी मुलुक चीन र भारतले भने अझै पनि विदेशी पर्यटकको लागी यात्रा खुल्ला गरिसकेका छैनन्। त्यसैगरी, बहमास, बेलारूस, इथोपिया, आयरल्याण्ड, स्लोभानियाले क्वारेन्टिन वा सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियमसहित यात्रा खुल्ला गरेका छन्। यात्रा प्रतिबन्ध सरल बनाउनेमध्ये अधिकांश युरोपका मुलुक छन्।
" /> काठमाडौं। कोरोना महामारीका कारण विश्वभर बन्द भएको पर्यटन गन्तव्यमध्ये ११५ वटा पर्यटन गन्तव्य खुल्ला भएको छ। संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार प्रतिबन्ध भएका कूल पर्यटकीय गन्तव्यमध्ये ५३ प्रतिशत मुलुकले यात्रा लागि लगाएको प्रतिबन्ध हटाएका छन्।यसरी, खुल्ला भएका पर्यटन गन्तव्य भने शर्त सहित खुल्ला भएका छन्। यूएनडब्लूटीओले १ सेम्टेम्बरसम्मको तथ्यांक विश्लेषण गरेर रिपोर्ट तयार गरेको बताएको छ।

">