काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टले ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्राप्त गरेको छ ।
भारतको नयाँ दिल्लीमा २९ कात्तिकमा आयोजित कार्यक्रममा भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल र पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको छ ।
यो अवार्ड भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले संयुक्त रुपमा दक्षिण एशियाली देशका होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थालाई प्रदान गर्दै आएका छन् ।
पुरस्कार ग्रहण गरेपछि सञ्चालक ढकालले यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकको आगमनमा वृद्धि गर्न सघाउ पुग्ने धारणा राखे ।