‘‘नतिजा अचम्मलाग्दो होइन तर लगभग सबैजसो इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचनाको पहुँच हुनुलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ,’’ सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले भने, ‘‘त्यसैले आमनागरिकहरूलाई मिथ्या र सही सूचना छुट्याउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाहरूले ढिलो गर्न हुँदैन।’’
मिथ्या सूचनाको प्रमुख स्रोत युट्युब
सर्वेक्षणले धेरै नेपालीहरूका लागि मिथ्या सूचनाको प्रमुख स्रोत युट्युब रहेको देखाएको छ। मिथ्या सूचना प्राप्त गर्नेमध्ये ८५.६ प्रतिशतले युट्युबमा गलत सूचना देखेको बताएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
‘‘यो तथ्यले नेपालमा युट्युब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन पनि विषयलाई बढाइचढाइ गर्ने र मिथ्या सूचनासमेत दिन्छन् भन्ने जुन आरोप लाग्दै आएको थियो, त्यसलाई केही हदसम्म पुष्टि गरेको छ,’’ प्रतिवेदनमा छ।
फेसबुक र ट्वीटरबाट पनि मिथ्या सूचना फैलिने गरेको सर्वेक्षणले देखाएको छ। दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्वीटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन्। १७ प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको अध्ययनले देखाउँछ।
‘‘नेपालको सन्दर्भमा विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न संस्थाहरूले गर्दै आएका सर्वेक्षण प्रतिवेदनहरूले मूलधारका मिडियालाई सबैभन्दा विश्वासिला संस्थाको रूपमा देखाएका छन्। पछिल्ला दुई वर्षमा भएका सर्वेक्षणले मिडियाको विश्वसनीयता ९० प्रतिशतभन्दा बढी देखाएको छ,’’ मिडिया अनुसन्धानकर्ता तिलक पाठकले भने, ‘‘यस हिसाबले नेपालमा आम सर्वसाधारणले मूलधारको मिडियालाई अत्याधिक विश्वास गर्छन्।’’
त्यसो त मुलधारका मिडियाबाट कमजोरी नहुने होइन, बेलाबखत भइरहेका पनि छन्। तर, गल्ती गरेमा प्राय: भूलसुधार गरिहाल्ने र क्षमायाचनासमेत माग्ने गरेका कारण पनि सर्वसाधारणले यी मिडियालाई बढी विश्वास गर्ने उनको भनाइ छ।
" />‘‘नतिजा अचम्मलाग्दो होइन तर लगभग सबैजसो इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचनाको पहुँच हुनुलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ,’’ सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले भने, ‘‘त्यसैले आमनागरिकहरूलाई मिथ्या र सही सूचना छुट्याउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाहरूले ढिलो गर्न हुँदैन।’’

">