भरतपुर। चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको जनाउँदै उनीहरुले व्यवसाय सञ्चालनको माग गरेका हुन्। उनीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई ज्ञापनपत्र बुझाउँदै बाँच्ने आधार तय गरिदिन अनुरोध गरे।
यातायात व्यवसायीले अगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। उनीहरुले प्रशासनले स्वीकृति नदिए स्वतःस्फुर्त यातायता सञ्चालन गर्ने बताएका छन्।
चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञालाई यातायात व्यवसायीले कडाइका साथ पालना गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले बताए। उनले भने, “यातायात व्यवसाय ठप्प हुँदा व्यवसायीसँगै मजदुरको दिनचर्या कष्टकर बन्न थालेको छ, ६ महिनादेखि रोजिरोटी खोसिएको छ।”
सुवेदीका अनुसार चितवनमा ७० हजार भन्दा बढी मानिस यातायात व्यवसायमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएका छन्। पुरानो नारायणी यातायात प्रालिका कार्यालय प्रमुख शंकर गिरीले सुरक्षाका उपायहरु अवलम्बन गरेर यातायात व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे। यस्तै भरतपुर मलमल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले व्यवसाय सञ्चालन नहुँदा यातायातका साधनमा खिया लाग्ने अवस्था आएका बताए। स्थानीय स्तरमा प्रशासनले समन्वय गरेर यातायात सञ्चालनको वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी भट्टराइले जिल्लामा कोरोनाका सङ्क्रमित झन् बढ्दै गएकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन सम्भव नभएको जवाफ दिए। उनले भने,“यातायात नचल्दा धेरैलाई समस्या भएको छ भन्ने मैले बुझेको छु तर तत्काल सञ्चालनमा ल्याउँदा सङ्क्रमण फैलने खतरा छ।”
होटल व्यवसायीले पनि होटल सञ्चालनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रजिअ भट्टाइलाई ज्ञापनपत्र बुझाइ होटल सञ्चालनको माग गरिन्। घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ ।
" /> भरतपुर। चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको जनाउँदै उनीहरुले व्यवसाय सञ्चालनको माग गरेका हुन्। उनीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई ज्ञापनपत्र बुझाउँदै बाँच्ने आधार तय गरिदिन अनुरोध गरे।यातायात व्यवसायीले अगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। उनीहरुले प्रशासनले स्वीकृति नदिए स्वतःस्फुर्त यातायता सञ्चालन गर्ने बताएका छन्।

">