मल नल्याउने ठेकेदार कम्पनीलाई कारबाही नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं। उच्च अदालत पाटनले सम्झौता अनुसार समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीमाथिको कारबाही रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले कृषि सामग्री कम्पनीको नाममा ठेकेदार कम्पनीविरुद्ध गरेको सम्झौता खारेज तथा बैंक ग्यारेण्टी जफतको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सिफारिस

सम्झौता अनुसार रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

इजलासले कृषि सामग्री कम्पनी र ठेकेदार कम्पनीलाई छलफलका लागि भदौ ३१ गते बोलाएको छ।

कम्पनीले मल नल्याएर अभाव सिर्जना गरेको भन्दै कृषि सामग्री कम्पनीले गएको भदौ ११ गते शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीसँगको मल खरिद सम्झौता खारेज गरेको थियो।

उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा ठेकेदार कम्पनीहरूले रिट निवेदन दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्