काठमाडौं। चालु वर्षको साउन महीनामा भटमास तेलको आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि भएको छ। अर्थमन्त्रालयका अनुसार साउनमा प्रशोधित भटमास तेलको निकासी ४०३ र कच्चा तेलको आयात १०३ प्रतिशतले बढेको छ।
भटमासको प्रशोधित तेल साउन महीनामा निर्यात भएका १० ठूला वस्तुमध्ये शीर्षस्थानमा छ। यस अवधिमा नेपालबाट भारततर्फ दुई अर्ब २७ करोड रूपैयाँको भटमास तेल निर्यात भएको तथ्यांक छ।
यस्तै, भटमासको कच्चा तेल साउनमा आयात भएका वस्तुमध्ये दोस्रो स्थानमा छ। साउनमा भटमासको तेलभन्दा बढी मोबाइल फोनको आयात भएको अर्थमन्त्रालयले जानकारी दिएको छ।
जबकी, उत्पादनको सम्भावना भएपनि नेपालमा पर्याप्त मात्रामा भटमासको दाना उत्पादन हुँदैन। नेपालबाट निकासी हुने सबै तेल तेस्रो मुलुकबाट आयात हुने गरेको छ।
व्यापारीहरूले तेस्रो मुलुकबाट कच्चा तेल ल्याउने र नेपालमा प्रशोधन गरेर निकासी गर्ने गरेका छन्। जसकारण, नेपालमा उत्पादन नै नहुने तेलको निकासी र आयात उल्लेख्यमात्रामा बढेको भन्सार विभागले जानकारी दिएको छ।
सोहीकारण, यो अवधिमा नेपालले अन्य मुलुकबाट भटमासको कच्चा तेल आयात समेत बढेको छ। अघिल्लो वर्षको साउनको तुलनामा १०३.७ प्रतिशतले उकालो लागेको छ।
अर्थमन्त्रालयका अनुसार साउनमा मात्रै दुई अर्ब ५६ करोड रूपैयाँको भटमासको कच्चा तेल आयात भएको छ।

विभागका महानिर्देशक सुमन दाहालले भटमासको तेलको आयात र निर्यात दुवै बढेको बताए। भने, “प्रशोधित भटमासको तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अवस्था सुधारिएको छ। यस्तै, अन्य मुलुकबाट आउने भटमासको तेलको परिमाण पनि बढेको छ।”
यस आर्थिक वर्षको साउनमा नेपालले ९ अर्ब ६२ करोडको निर्यात गरेको छ। जुन, अघिल्लो वर्ष ८ अर्ब ८३ करोडमा सिमिति थियो।
उनले अघिल्लो वर्ष पाम तेलको निर्यात बढेजस्तै यो वर्ष भटमासको तेलको निकासी बढेको देखापढीलाई जानकारी दिए।
निर्यातभन्दा आयात बढी
अर्थमन्त्रालयका अनुसार साउनमा नेपालबाट भटमासको तेल दुई अर्ब २७ करोड रूपैयाँको निर्यात भएको छ। तर, यही अवधिमा बाह्य मुलुकबाट दुई अर्ब ५६ करोड रुपैयाँको भटमासको तेल आयात भएको छ।
गत वर्षको साउनमा ४५ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो। जसकारण, प्रतिशतका आधारमा नेपालबाट भएको निकासी वृद्धि भएको देखिन्छ। तर, अघिल्लो वर्षको यही अवधिमा एक अर्ब २५ करोडको आयात भएको थियो।
भटमासको तेल निकासी गरिरहेको मुरारका इन्डस्ट्रिजका निर्देशक प्रदीप मुरारकाले भारततर्फको निकासी बढेको जानकारी दिए। उनले भने, “साउनमा भटमासको तेलले समग्र निर्यात बढाएको छ। र, यो निकासीले नेपाली अर्थतन्त्रलाई फाइदा गर्छ।”
यसअघि पाम तेलको निकासीमा संलग्न रहेको मुरारका इन्डस्ट्रिज भारतले पाम तेलको आयातमा रोक लगाएपछि भटमासको निकासीतर्फ लागेको छ। योसहित, यसअघि पाम तेल निकासी गर्ने १६/१७ वटा उद्योग भटमास तेलको निकासी गर्दै आएका छन्।
विदेशबाट आयात हुने भटमासको तेलको खपत नेपालमा पनि हुँदै आएको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा तोरीपछि सबैभन्दा बढी खपत हुने तेलको सूचीमा भटमास पर्छ। यहीकारण, साउनमा भएको निर्यातभन्दा आयात बढी भएको उनीहरुको तर्क छ।
व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल र पाराग्वेबाट भटमासको कच्चा तेल ल्याउने गरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट एक अर्ब ८१ करोडको आयात भएको छ।
यस्तै, ब्राजिलबाट ४६ करोड र पाराग्वेबाट २८ करोडको भटमासको कच्चा तेल आयात भएको छ।
" /> काठमाडौं। चालु वर्षको साउन महीनामा भटमास तेलको आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि भएको छ। अर्थमन्त्रालयका अनुसार साउनमा प्रशोधित भटमास तेलको निकासी ४०३ र कच्चा तेलको आयात १०३ प्रतिशतले बढेको छ।भटमासको प्रशोधित तेल साउन महीनामा निर्यात भएका १० ठूला वस्तुमध्ये शीर्षस्थानमा छ। यस अवधिमा नेपालबाट भारततर्फ दुई अर्ब २७ करोड रूपैयाँको भटमास तेल निर्यात भएको तथ्यांक छ।

">