भारतमा युट्युबले ल्यायो टिकटकजस्तै एप
<p>नयाँ दिल्ली। अमेरिकी प्रविधि कम्पनी युट्युबले भारतमा टिकटकजस्तै भिडिओ सेयरिङ एप सार्वजनिक गरेको छ। भारत सरकारले टिकटक प्रतिबन्ध गरेपछि युट्युबले सर्ट भिडिओ प्लेटर्फम ‘सर्टस’ सार्वजनिक गरेको हो।</p>
<p>भारतीय बजारमा युट्युबको योजना टिकटकका प्रयोगकर्ता लोभ्याउनु नै रहेको छ। युट्युबले सार्वजनिक गरेको एपको नामबाट टिकटकका प्रयोगकर्ता लक्षित एप भएको प्रष्ट हुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।</p>
<p>भारतमा चिनियाँ एप टिकटक प्रतिबन्ध लगाइएपछि युट्युबले त्यस्तै प्रकारको एप ल्याउने तयारी गरेको अनेकथरी अड्कलबाजी लगाइएको थियो।</p>
<p>युट्युबको सर्टमा पनि प्रयोगकर्ताहरुले टिकटकमा जस्तै १५ सेकेन्ड वा त्योभन्दा कम सयमको भिडियो बनाउन सक्छन्। भिडिओ सर्च गर्न र इडिट गर्नका लागि सर्टसमा धेरै प्रकारका टुलको व्यवस्था समेत गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्