चार अंकले घटेको सेयर बजारमा २११ करोडको कारोबार
काठमाडौं। आज मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ४७ अंकले घटेको छ। एकल अंकले ओरालो लागको नेप्से १५३६ अंकमा पुगेर बन्द भएको छ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा २ अर्ब ११ करोड रुपैयाँ बराबरको ६६ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सामान्य अंकको गिरावट आएको बजारमा कारोबार भएका १२ समूहमध्ये ३ समूहमा सुधार आएको छ। त्यसबाहेकका सबै समूह ओरालो लागेका छन्।

सुधारिएका होटल, जीवन बीमा र म्यूचुअल फण्डमध्ये जीवन बीमा समूह १७ अंकले बढेको छ। यस्तै, घटेका ९ समूहमध्ये विकास बैंक समूहमा बसैभन्दा बढी १४ अंकको गिरावट आएको छ।

बजार घटेपनि दिव्याश्री हाइड्रोपावरको सेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज उनीहरुले प्रतिकित्ता सेयरमा ६ रुपैयाँ आम्दानी गरेका छन्।

हिजो सोमबार ३ दशमलव २६ अंकले बढेको नेप्सेमा ३ अर्बरुपैयाँभन्दा बढीको कारोबार भएको थियो। त्यसक्रममा ८६ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्