काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि चार बुँदामा चुनौती औँल्याएका छन्।
हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती रहेको उनले बताए। त्यसपछि उत्पादित विद्युतको बजार व्यवस्थापन र विद्युत् आपूर्तिको नियमितता चुनौतीपूर्ण रहेको उनले औँल्याए।
यससँगै संघीय संरचना तथा नयाँ विद्युत् ऐनअनुसार संस्थागत पुनर्सरचना गरी प्रभावकारी सञ्चालनमा ल्याउनु अर्को चुनौती रहेको घिसिङले उल्लेख गरेका छन्।
यी चुनौतीहरूको प्रभावकारी ढंगले सामना गर्दै व्यवस्थापन गर्न सकिएको अवस्थामा प्राधिकरणको छवि अझ उक्सिने उनको भनाइ।
चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ भएका घिसिङले चार वर्षमा पनि केही योजनाहरू अधुरै रहेको बताए।
माथिल्लो तामाकोशीसहित चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजनाहरू सम्पन्न गर्ने, ढल्केबरमा रहेको ४०० केभीए क्षमताको सबस्टेशन चार्ज गर्ने र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने योजना अधुरै रहेको उनले बताए।
निरन्तरको प्रयासको बाबजुद पनि विद्युत् निर्यात गर्ने, काठमाडौं उपत्यकालाई तार र पोलरहित बनाउने, देशभरका सतप्रतिशत जनतालाई विद्युतको पहुँजमा पुर्याउने र डिजिटल एनईए बनाउने मुख्य कामहरू पनि अधुरै रहेको उनले जानकारी दिए।
यद्यपि, चार वर्षे कार्यकालमा १४ घण्टासम्मको दैनिक लोडसेडिङ हटाउन उनी नेतृत्त्वको प्राधिकरण सफल रह्यो। ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणलाई चार वर्षमा ११ अर्ब ५ करोड सञ्जित नाफामा पुर्याएको भन्दै उनको प्रशंसा हुँदै आएको छ।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि चार बुँदामा चुनौती औँल्याएका छन्।हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती रहेको उनले बताए। त्यसपछि उत्पादित विद्युतको बजार व्यवस्थापन र विद्युत् आपूर्तिको नियमितता चुनौतीपूर्ण रहेको उनले औँल्याए।

">