काठमाडौं। देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ। सन् १९९५ मा इमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५औं वसन्त पार गरेको हो।
अध्ययनका लागि अमेरिकामा रहेका दीलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पूरा गर्न सेवाको थालनी गरेका थिए। अहिले एफटीटीएच प्रविधिसहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ।
नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथमध्ये ४३ प्रतिशत वर्ल्डलिङ्कबाट नै खपत भइरहेको कम्पनीले जनाएकाे छ। कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए। कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारीसमेत प्रदान गरिरहेको उनले बताए।
याे कम्पनी अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ। वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो। हाल चार लाख घरायसीका साथै १० हजार कर्पोरेट
तथा सरकारी ग्राहक रहेकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्याएको हो। सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमासमेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे। "कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर
आह्वान गरेका थियौं," उनले भने, "त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ। विकट ठाउँमा सफलतापूर्वक सेवा दिन सफल भएकोमा म कम्पनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन।"
फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रशंसा गरे।
" /> काठमाडौं। देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ। सन् १९९५ मा इमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५औं वसन्त पार गरेको हो।अध्ययनका लागि अमेरिकामा रहेका दीलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पूरा गर्न सेवाको थालनी गरेका थिए। अहिले एफटीटीएच प्रविधिसहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ।

">