काठमाडौं। व्यवसायीहरुले विगत १० महिनादेखि चिनियाँ नाका केरुङमा रोकिएको सामान छुटाइदिन अनुरोध गरेका छन्।
व्यवसायीहरुले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष ज्ञापनपत्र बुझाउँदै झण्डै वर्ष दिनदेखि रोकिएको सामान छुटाउन पहल गरिदिन माग गरेका हुन्।
यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा गएको व्यवसायिक टोलीले सीमानाकामा सवारी चालकको सहज आवातजावतको व्यवस्था गर्नसमेत माग गरेको छ।
त्यसैगरी, लकडाउन तथा निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदर र घरभाडामा विशेष छुटको व्यवस्था तथा समय बढाउनुपर्ने मागसमेत व्यवसायीले राखेका छन्।
" /> काठमाडौं। व्यवसायीहरुले विगत १० महिनादेखि चिनियाँ नाका केरुङमा रोकिएको सामान छुटाइदिन अनुरोध गरेका छन्।व्यवसायीहरुले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष ज्ञापनपत्र बुझाउँदै झण्डै वर्ष दिनदेखि रोकिएको सामान छुटाउन पहल गरिदिन माग गरेका हुन्।

">