काठमाडौं। बहराइन राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आज काठमाडौं आइपुग्दै छ।

नेपालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ११ चैतपछिको लकडाउनयता हिमाल आरोहणको लागि अनुमति पाउने  यो पहिलो समूह हो।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी र तीनजना बेलायती नागरिक रहेको उक्त टोली शेख ईशा एयरवेशबाट विशेष विमानमा नेपालतर्फ प्रस्थान गरिसकेको छ।

“लगभग २ महीना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ,” बहराइनस्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

यही भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त टोलीलाई आरोहणको लागि नेपाल आउन दिने निर्णय गरेको थियो।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमान चालक दलका सदस्यहरू सबैजना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टाइनमा बसेका थिए।

काठमाडौं प्रस्थान गर्नुअघि टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा सबैको नतिजा नेगेटिभ आएपछि उनीहरू नेपाल तर्फ प्रस्थान गरेको जनाइएको छ। टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नेछ।

नेपाल प्रस्थान गर्नुअघि बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले सो टोलीलाई भेटेर पर्वतारोहणका लागि सफलताको शुभकामना दिएका छन्।

उक्त भेटमा राजदूत सुन्दासले नेपाल र बहराइनबिच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

" /> काठमाडौं। बहराइन राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आज काठमाडौं आइपुग्दै छ।

"> हिमाल आरोहणका लागि बहराइन राजपरिवार सदस्यसहितको टोली आज काठमाडौं आइपुग्दै: Dekhapadhi
हिमाल आरोहणका लागि बहराइन राजपरिवार सदस्यसहितको टोली आज काठमाडौं आइपुग्दै
काठमाडौं। बहराइन राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आज काठमाडौं आइपुग्दै छ।

नेपालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ११ चैतपछिको लकडाउनयता हिमाल आरोहणको लागि अनुमति पाउने  यो पहिलो समूह हो।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी र तीनजना बेलायती नागरिक रहेको उक्त टोली शेख ईशा एयरवेशबाट विशेष विमानमा नेपालतर्फ प्रस्थान गरिसकेको छ।

“लगभग २ महीना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ,” बहराइनस्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

यही भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त टोलीलाई आरोहणको लागि नेपाल आउन दिने निर्णय गरेको थियो।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमान चालक दलका सदस्यहरू सबैजना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टाइनमा बसेका थिए।

काठमाडौं प्रस्थान गर्नुअघि टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा सबैको नतिजा नेगेटिभ आएपछि उनीहरू नेपाल तर्फ प्रस्थान गरेको जनाइएको छ। टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नेछ।

नेपाल प्रस्थान गर्नुअघि बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले सो टोलीलाई भेटेर पर्वतारोहणका लागि सफलताको शुभकामना दिएका छन्।

उक्त भेटमा राजदूत सुन्दासले नेपाल र बहराइनबिच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्