चितवन। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल भोलिदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ। कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको भट्टराईले बताए।

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको छ। दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरू गर्ने तयारीमा व्यवसायी छन्।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी बताए। बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको भनाइ छ। अहिले सबै होटलका कर्मचारी बिदामा छन् ।

सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले रोजगारी पाएका छन्।

" /> चितवन। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल भोलिदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ। कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको भट्टराईले बताए।

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको छ। दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरू गर्ने तयारीमा व्यवसायी छन्।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी बताए। बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको भनाइ छ। अहिले सबै होटलका कर्मचारी बिदामा छन् ।

सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले रोजगारी पाएका छन्।

"> सौराहाका होटल भोलिदेखि खुल्ने, कर्मचारी बोलाइयो: Dekhapadhi
सौराहाका होटल भोलिदेखि खुल्ने, कर्मचारी बोलाइयो
चितवन। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल भोलिदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ। कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको भट्टराईले बताए।

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको छ। दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरू गर्ने तयारीमा व्यवसायी छन्।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी बताए। बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको भनाइ छ। अहिले सबै होटलका कर्मचारी बिदामा छन् ।

सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले रोजगारी पाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्