प्याजको कालोबजारी रोक्न वाणिज्य विभागको ‘प्याज अप्रेशन’
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको कालोबजारी रोक्न विशेष टोली खटाएको छ।

विभागका निर्देशक रविन्द्र आचार्यका अनुसार चाडपर्वको मुखमा हुने प्याजको कालोबजारी रोक्न १० सदस्यीय टोली सम्मिलित ‘प्याज अप्रेशन’ सुरु गरिएको हो।

“भारतले प्याजको निर्यात रोकेको छ। तर, निर्यात रोकिनुभन्दा अगाडि नै नेपालमा आइसकेको धेरै प्याज स्टक हुन सक्ने अनुमान गरिएको छ,” उनले भने।

निर्यात प्रतिबन्ध हुनुअघि सस्तो मूल्यमा ल्याइएको प्याज महँगोमा बेच्न नदिन र उपभोक्ता ठगिन नदिँन ‘प्याज अप्रेशन’ चलाएको आचार्यले देखापढीलाई बताए।

विभागले हिजोदेखि नै टोलीलाई बजारमा खटाइसकेको छ। हिजो गरिएको अनुगमनका क्रममा ३ वटा आयातकर्ता र ३ वटा थोक व्यापारी गरी ६ वटा फार्ममा अनुगमन गरेको थियो।

त्यसक्रममा उनीहरुलाई वाणिज्य विभागमा उपस्थित हुन भनिएको छ। यस्तै, टोलीले आज पनि बजार अनुगमन गर्दै छ।

भदौ २९ गते भारतले प्याजको निकासी रोकेपछि बजारमा प्याजको अभाव सुरु भइसकेको छ। यस्तै, व्यापारीहरुले प्याजको मूल्य अनियन्त्रत रुपमा बढाइरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्