लिवर्टी इनर्जीको शेयर शुक्रबार सूचीकरण, आशा लघुवित्तको बोनस घोषणा
काठमाडौं। भदौको पहिलो साताबाट सर्वसाधारणमा निष्काशन भएको लिवर्टी इनर्जीको शेयर यसै साता शेयरधनीको हितग्राही (डिम्याट) खातामा आएको छ। कम्पनीले हिजो नै शेयरधनीको खातामा उक्त शेयर पठाएको थियो।

लिवर्टीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार, नेपाल स्टक एक्सचेञ्जमा सम्झौताका लागि सबै प्रक्रिया पूरा भइसकेकोले शुक्रबार सम्झौतापछि आइतबारदेखि शेयर कारोबार खुलाउने तयारी गरिएको छ।

कम्पनीको शेयर कारोबारको लागि एलइसी कारोबार संकेत प्रदान गरिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सोही संकेतमा शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरेको हो।

लिवर्टीको साधारण शेयर एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको थियो। निष्काशन तथा बाँडफाँडको सबै काम सकिएपछि भदौ २१ गते कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्दै सूचीकरणको प्रक्रिया अघि बढाएको थियो।

कम्पनीको आइपीओ आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमा १० देखि ३० कित्तासम्मका लागि आवेदन दिएकाले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६२० जनाले ४० कित्ता पाएका थिए।

आशा लघुवित्तको बोनस

आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

लघुवित्त संचालक समितिको २०७७ भदौ ३१ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजी २३ करोड २२ लाखको १५ प्रतिशत बराबरको ३ करोड ४८ लाख बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत बराबरको १८ लाख ३३ लाख नगद लाभांश प्रस्ताव गरेको छ।

भदौ ३१ गतेको कम्पनी संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेपनि लाभांश सम्बन्धीको सूचना दुई साता अघिदेखी नै शेयर बजारमा फैलिएको थियो। लाभांश सम्बन्धी सूचना चुहिएपछि कम्पनीको शेयर मूल्य एकाएक बढेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्