होटल र हाइड्रोमा लगानीकर्ता झुम्मिदा शेयर बजारमा उछाल, ३० अंकले बढ्यो बजार

काठमाडौ। होटल र हाइड्रो कम्पनीका शेयरका लगानीकर्ताले लगानी बढाएपछि आज शेयर बजार ३०.७८ अंकले बढेर १५७२.१८ विन्दूमा पुगेको छ।

कोरोना महामारी शुरू भएयता शेयर बजार सबैभन्दा बढी बढेको आज हो। लगानीकर्ताले अन्यत्र लगानी गर्न नपाएपछि शेयरमा पैसा लगाउँदा कोरोना महामारीको कहरमा परेको शेयर बजार एकाएक उकाशिएको छ।

आज विहान १५५५.८६ विन्दुबाट कारोबार सुरु भएको शेयर बजारमा सुचक १५ मिनेटमै घटेर १५ सय ४७ विन्दुमा ओर्लिएको थियो तर, केहीबेरमा होटल, जलविद्युत, बैंक, विकास बैंक र फाइनान्सको सुचक बढ्दै गएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिन थालेको थियो।

आज कारोबार भएका कम्पनीमध्ये १४१ कम्पनीको सेयर मुल्य बढेको छ भने २४ कम्पनीको मात्र घटेको छ। आजको कारोबारमा पाँच कम्पनीको सेयर मुल्य स्थिर रहेको छ भने कारोबारमा चार कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छ।

हिमाल दोलखा हाइडोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, तारागाँउ रिजेन्सी होटल तथा सोल्टी होटलको सेयर मुल्य १० प्रतिशत बढेको छ। आजको कारोबारमा धेरैजसो जलविद्युत र होटल कम्पनीको सेयर मुल्य बढेको छ। लघुवित्त र बीमामा भने लगानीकर्ताहरुको आकर्षण कम देखिन्छ।

आज शेयर बजारमा १ करोड १८ लाख ३ सय ४ कित्ता सेयरको ३ अर्ब ३१ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकम दोब्बरले बढेको छ। बुधबार १ अर्व ८४ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको थियो।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १३ करोड २३ लाखको सेयर कारोबार भएको छ भने नेपाल बैंकको १२ करोड १८ लाख २१ हजारको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्