बढी मूल्यमा प्याज बेच्ने उपत्यकाका ६ वटा पसलबाट साढे ९ लाख जरिवाना उठाइयो
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा प्याज बेच्ने उपत्यकाका ६ वटा पसललाई कारबाही गरेको छ।

आज विभागले ती ६ वटा पसलबाट ९ लाख ६५ हजार जरिवाना गरेको छ। विभागका निर्देशक रविन्द्र आचार्यले बढी मूल्यमा प्याज बिक्री गरेको पाइएपछि उनीहरुलाई कारबारही स्वरुप जरिवना गरिएको हो।

“बजारमा प्याजको कृत्रिम अभाव सृजना गरेर मूल्यवृद्धि गरेको जानकारी आएपछि हामीले अनुगमन गरेका हौं। त्यसक्रममा बढी मूल्य लिएको पाइयो,” उनले भने।

बढी मूल्यमा प्याज बिक्री गर्ने उलक सब्जी भण्डारलाई, विजेश गौतम पसललाई र दुलाल आलु भण्डारलाई ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै, रजन आलु भण्डार र पशुपति आलु प्याज स्टोरलाई २ लाख ५० हजार तथा न्यू सापकोटा स्टोरलाई २ लाख ५५ हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

खासगरी भारतले प्याजको निर्यात प्रतिबन्ध लगाएपछि बजारमा प्याजको भाउ अचाक्लि बढेको छ। सोहीकारण बजार अनुगमनमा निस्किएको विभागले मूल्य बढाएर प्याज बेच्ने ६ पसललाई कारबाही गरेको हो।

यसबाहेक आज आरके ट्रेडर्सलाई ३ लाख र माता सरस्वती खानेपानी उद्योगलाई लाई २ लाख ५० हजार जरिवाना गरिएको छ।

प्याज बिक्रेता र आरके ट्रेडर्स तथा सरस्वती माता खानेपानी उद्योगलाई गरेको जरिवाना रकम जोड्दा कुल १४ लाख ७० हजार रुपैयाँ जरिवाना हुने विभागका निर्देशक आचार्यले बताए।

“हामीले राजश्व उठाउनकै लागि बजार अनुगमन गरेका हैनौं। तर, अनुगमनका क्रममा ठगि गरिएको पाइएपछि राजश्व उठाइएको हो,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्