काठमाडौं। काभ्रे नमोबुद्धका अर्जुन प्याकुरेल २०६० सालदेखि काठमाडौंको चावहिल सरस्वतीनगर क्षेत्रमा ठेलागाडामा फलफूल बेच्दै आएका छन्।
काभ्रेबाट काठमाडौं छिरेका उनले जागीर गरेर महीना मर्दा पैसा आउने काम भन्दा ठेलागाडा नै रोजे। त्यसमा आफ्नो मिहिनेत अनुसारको फल मिल्ने उनको भनाइ छ।
दुःख भने निकै गर्नुपर्ने यो व्यवसायबाट उनी ५ जनाको परिवारको जीविकोपार्जन गर्दै आएका छन्। बिहान ढिलोगरी ३ बजे त कालिमाटी र बल्खुको तरकारी बजार पुगिसक्नुपर्छ। नत्र आफूले चाहेजस्तो फलफूल पाईदैंन।
कोरोना भाइरस संक्रमण रोक्न नेपालमा लागेको लकडाउनको समयमा उनी घरमै बसिरहे। एकातिर कोरोनाको जोखिम भने अर्कोतिर प्रहरीले बाहिर आएर व्यापार गर्न नदिएपछि चार महीना त भित्रै बसेर बिताए। सरकारले नै अवस्था सहज बनाएपछि उनी पुनः ठेलागाडामा फलफूल राखेर चावहिल क्षेत्रका सडकमा डुलिरहन्छन्।
“बिहान र बेलुका बेचेर जति आउँछ। त्यतिमै चित्त बुझाएर बसेको छु। त्यो भन्दा बढी गर्नलाई त सकिदैनन्। घाम, पानी, हावा हुरी, कोरोना डर केही नभनी काम गर्नुपर्छ। नत्र पेटमा गास पस्दैन्।” प्याकुरेल भन्छन्।
त्यसरी ठेलागाडामा फलफूल बेच्ने क्रममा थुप्रै समस्याको सामान गर्नुपरेको उनी बताउँछन्। “महानगरको प्रहरी देख्यो कि भाग्नुपर्छ। हामी त चोर-पुलिस खेल जस्तै बस्नुपर्छ। महानगर प्रहरी आयो भने लखेट्ने, हामी कुनै अपराधी नै हो की झै गरेर भाग्नुपर्छ।” उनले भने।
उनलाई राम्रै पसल भाडामा लिएर मज्जाले व्यापार गर्ने रहर त नभएको कहाँ हो र ! तर, त्यही अनुसारको स्रोतको भने उनलाई अभाव छ।
“अरूको जागीर खाएर काम मन लाग्दैन्, ठूलै व्यापार व्यवसाय गर्नका लागि आफूसँग लगानी छैन। त्यही भएर महानगरले जति लखेटेपनि काम गर्नुपर्ने बाध्यता छ।” उनले भने।
५० वर्षीय अर्जुन अहिले पनि आफ्नो परिवारको जीविकोपार्जनका लागि बिहान २ बजे उठेर फलफूल लिन कालिमाटी र बल्खु जाने गर्छन्।
“महानगरले कसैलाई पनि राख्न नदिएको भए हुन्थ्यो। कोहीलाई राख्न दिने, कोहीलाई भने लखेट्ने प्रवृति राम्रो होइन। या त राज्यले कतै व्यवस्था गरिदिनुपर्यो। नत्र कसरी जीविकोपार्जन गर्ने ?” अर्जुनको प्रश्न छ।
यस्तै, ओखलढुंगाकी ५३ वर्षीया कुमारी कार्कीले चावहिल क्षेत्रमा तरकारी बेच्न थालेको डेढ दशक बढी भयो। ठेलागाडामै तरकारी बेचेर उनी आफ्नो र परिवारको पेट पाल्दै आएकी छिन्।
बिहाने ३ बजे नै मुलपानी जाने र त्यहाँबाट साग लिएर बेलुकातिर ठेलागाडामा बेच्ने गर्छिन्। उनको त यो १६ वर्षदेखिको दैनिकी हो। बिहान उठ्न अलिकति पनि ढीला भयो भने त्यो दिन साग नपाउने समस्या हुनसक्छ। वा महंगोमा किन्नुपर्ने हुन्छ।
बिहान ३ बजेतिर जाने, अनि ठेक्काको बारीमा आफैंले टिप्ने हो। कहिले ३० कहिले ४० त कहिले ५० मुठा साग लिएर आउँछिन्। जुन प्रत्येक साग मुठाको २५ मा बेच्छिन्। त्यसमा पनि ग्राहकहरू कोही १५ मा दिन भन्छन्, भने कोही २० रूपैयाँमा। जबकी मुलापानी मै किनेर बेच्ने ठाउँसम्म ल्याउँदा आफ्नै २० रूपैयाँ पर्छ।
“यही साग बेचेर आफ्नो खाजा खर्च चल्छ। श्रीमान पनि ७० वर्षका छन्। सकेको दिन काम गर्नुहुन्छ। नसकेको दिन घरमै बस्नुहुन्छ। मेरो भने दिनदिनकै ड्युटी हो।” कुमारीले भनिन्।
बन्दको समयमा उनी पिठ्यूमै साग बोकेर ल्याउँथिन्। “डेढ/दुई घण्टाको बाटोमा साग बोकेर आउँदा कहिले त सास नै फुस्किन्छ कि भन्ने लाग्थ्यो।” त्यो दुःख सम्झेर कुमारीले भनिन्।
अहिले सटरवाला पनि ठेलागाडा व्यापारमा
कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको छ। व्यापार/व्यावसाय चौपट भएको छ। सटर भाडामा लिएर व्यापार गर्दै आएकाहरू यतिबेला सडकमा देखिन थालेका छन्। उनीहरूले पनि ठेलागाडा व्यापारमा आँखा लगाउन थालेका छन्।
“पहिला त त्यही १०/२० जना जति थियौं। अहिले पसलवालाहरू पनि सटर छोडेर ठेलागाडामा तरकारी बेच्न थालेका छन्। चावहिल क्षेत्रमा मात्र १०० भन्दा बढी ठेलागाडा व्यापारी देखिएका छन्।” कुमारीले भनिन्।
महानगर क्षेत्रमा ठेलागाडा व्यापारीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरले कारबाही अभियान चलाएको छ। महानगरले फुटपाथ तथा ठेलागाडा व्यापारीलाई धमाधम कारबाही गर्न थालेको हो।
" /> काठमाडौं। काभ्रे नमोबुद्धका अर्जुन प्याकुरेल २०६० सालदेखि काठमाडौंको चावहिल सरस्वतीनगर क्षेत्रमा ठेलागाडामा फलफूल बेच्दै आएका छन्।काभ्रेबाट काठमाडौं छिरेका उनले जागीर गरेर महीना मर्दा पैसा आउने काम भन्दा ठेलागाडा नै रोजे। त्यसमा आफ्नो मिहिनेत अनुसारको फल मिल्ने उनको भनाइ छ।

">