काठमाडौं। सौर्य एअरलाइन्सले अर्को सातादेखि सेवा सुरू गर्ने भएको छ। कम्पनीले लकडाउनका कारण बन्द भएको सेवा असोजको दोस्रो सातादेखि सुरू गर्ने तयारी थालेको हो।
कम्पनीका अध्यक्ष दीपक पोख्रेलले असोजको दोस्रो साताबाट ट्रंक रूटका पाँचवटा गन्तव्यमा सेवा सुरू गर्न लागेको जानकारी दिए।
“असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरू गर्नेछौं,” उनले भने, “केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं।”
उनले यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेर तथा पूर्णरूपमा स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर सेवा दिने बताए।
विगत ६ वर्षदेखि सञ्चालनमा रहेको एअरलाइन्सले डेढ वर्षअघि भारतको कुवेर समूहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ।
यो समुह १० वटा नयाँ जहाज खरिद गरी आक्रामक रूपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएर सौर्य एअरलाइन्समा आएको हो।
सौर्य एअरलाइन्ससँग यसअघि दुईवटा जहाज सञ्चालनमा थिए। क्यानडाको बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका जहाज थिए।
कम्पनीले लकडाउनको अवधिमा एअरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको छ।
कम्पनीले अहिले दैनिक गन्तव्य झापाको चन्द्रगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज दुई र धनगढीमा दैनिक १० वटा उडान भर्ने जानकारी दिएको छ।
सरकारले गत चैत ११ देखि बन्द अवस्थामा रहेका आन्तरिक हवाई उडान खोल्ने निर्णय गरिसकेको छ। क्षमताभन्दा आधा यात्रु बोकेर हवाई सञ्चालन सुरू गर्ने निर्णय सरकारले गरेको हो।
तर, अन्य वायु सेवा सञ्चालक कम्पनीहरूले आधा क्षमतामा उडान भर्न नसक्ने बताइरहेका छन्।
" /> काठमाडौं। सौर्य एअरलाइन्सले अर्को सातादेखि सेवा सुरू गर्ने भएको छ। कम्पनीले लकडाउनका कारण बन्द भएको सेवा असोजको दोस्रो सातादेखि सुरू गर्ने तयारी थालेको हो।कम्पनीका अध्यक्ष दीपक पोख्रेलले असोजको दोस्रो साताबाट ट्रंक रूटका पाँचवटा गन्तव्यमा सेवा सुरू गर्न लागेको जानकारी दिए।

">