काठमाडौं। नेपालको वित्तीय क्षेत्र सुधारका लागि विश्व बैंकले नेपाललाई २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ) बराबरको ऋण सहायता अनुमोदन गरेको छ।
कोरोना महामारीको मारमा परेको अर्थतन्त्र सुधारका लागि विश्व बैंकले उक्त ऋण सहायता उपलब्ध गराउन लागेको हो।
“कोरोना महामारीको वर्तमान अवस्थामा मानिसको जीवन सुरक्षा प्रमुख प्राथमिकता हो। तर, अर्थतन्त्रको पुनरूत्थान पनि उत्तिकै महत्वपूर्ण छ,” विश्व बैंकको तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जार्भोसले भनेका छन्, “विश्व बैंकले उपलब्ध गराएको सहायताले वित्तीय क्षेत्र, पुँजी बजार र बीमा बजारमा कोरोना महामारीको पुनरूत्थानका योगदान पुग्ने छ।”
‘फाइनान्स फर ग्रोथ’ शीर्षकमा उपलब्ध गराइएको उक्त ऋण सहायताले नियामकीय सुधारमार्फत बैंक तथा वित्तीय संस्थाको जोखिम न्यूनीकरणमा योगदान गर्ने विश्व बैंकले बताएको छ। त्यससँगै, पुँजीबजार, बीमा, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी विपद जोखिम न्यूनीकरणमासमेत योगदान गर्ने बताइएको छ।
" /> काठमाडौं। नेपालको वित्तीय क्षेत्र सुधारका लागि विश्व बैंकले नेपाललाई २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ) बराबरको ऋण सहायता अनुमोदन गरेको छ।कोरोना महामारीको मारमा परेको अर्थतन्त्र सुधारका लागि विश्व बैंकले उक्त ऋण सहायता उपलब्ध गराउन लागेको हो।

">