काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाको नयाँ मिति तोकिएको छ। आज बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते साधारणसभा र वार्षिकोत्सव गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसका कारण यसअघि दुई पटक रोकिएको साधारणसभा काठमाडौंमै हुने भएको छ। साधारणसभा जुममार्फत र निर्वाचन सामाजिक दूरी कायम गरेर सम्पन्न गर्ने निर्णय भएको हो।
पदाधिकारी समितिले गरेको निर्णय यही असो ११ गते बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्ने छ। कार्यसमितिको बैठकले निर्णय गरेपछि निर्वाचन र साधारणसभाको तयारी थाल्ने बताइएको छ।
यसअघि चैत र साउनको अन्तिम साताका लागि तोकिएको साधारणसभा र निर्वाचन महामारीका कारण रोकिएको थियो।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाको नयाँ मिति तोकिएको छ। आज बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते साधारणसभा र वार्षिकोत्सव गर्ने निर्णय गरेको हो।कोरोना भाइरसका कारण यसअघि दुई पटक रोकिएको साधारणसभा काठमाडौंमै हुने भएको छ। साधारणसभा जुममार्फत र निर्वाचन सामाजिक दूरी कायम गरेर सम्पन्न गर्ने निर्णय भएको हो।

">