तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो।
प्रसारण लाइन निर्माणका लागि सुरुको टावरको जग खनेर कार्य सुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ।
“प्रसारण लाइन निर्माणका लागि सुरुको टावरको जग खनेका छाैं, अब कामलाई तीव्रता दिन्छौँ”, घिमिरेले भने। उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ।
प्रसारण लाइनको काम केही अगाडि नै सुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड-१९ को प्रभावका कारण काममा ढिलाइ भएको घिमिरेले जानकारी दिए।
प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरू भारतीय सिमानामा आइसकेको छ।
हिउँदको समय सुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिए।
" /> तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ।आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो।

">