डोटी। जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ। यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो छ।
यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन्। दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका-२ कालागाढका हर्कबहादुर साउदले बताए। उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?”
जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ। यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास एक हजार ४५० लिने तथा फुटकरमा एक हजार ५०० लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका स्थानीय हरि विकले बताए।
उनले भने, “ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।” ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको उपभोक्ताको गुनासो छ ।
दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले कम्पनीले लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्दा महंगो पर्न गएकव बताए।
" /> डोटी। जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ। यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो छ।यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन्। दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका-२ कालागाढका हर्कबहादुर साउदले बताए। उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?”

">