तीन समूहले उचालेको सेयर बजार ३ अंकले बढ्यो

काठमाडौं। साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार आएको छ। कारोबार भएका १२ मध्ये तीन समूहले उचाल्दा नेप्सेमा सामान्य सुधार आएको हो।

आज ३ अंकले उकालो लागेको नेप्से परिसूचक १ हजार ५७५ दशमलव १८ अंकमा पुगेर बन्द भएको छ। यसक्रममा नेप्सेमा ९७ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भई २ अर्ब ७४ करोडको कारोबार भएको छ।

अधिकांश समूह घटेर राताम्य भएपनि बैंकिङ, विकास बैंक र वित्त समूहमा उत्साहजनक सुधार आएको छ। बैंक समूह १९.४१, विकास बैंक समूह २५.८८ र वित्त समूह २८.६६ अंकले बढेको छ।

यही तीन समूहका सुधार आउँदा आज समग्र नेप्से नै उकालो लागेको छ। यसबाहेक ९ समूहमा गिरावट आएको छ।

आज खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८ रुपैयाँ कमाए।

प्रतिक्रिया दिनुहोस्