काठमाडौं। हिमालयन बैंक र सिभिल बैंक मर्जर हल्ला चलाएर सेयर बजार प्रभावित गर्न खोजेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्पष्टिकरण सोधेको छ।
नेप्सेले आज सिभिल बैंकलाई पत्राचार गरी मर्जर र प्राप्तिको विषयमा के भएको हो स्पष्ट पार्न भनेको छ। “धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने भन्ने व्यवस्था बमोजिम जानकारी प्राप्त नभएको,” नेप्सेले सिभिल बैंकलाई लेखेको पत्रमा उल्लेख छ।
सिभिल बैंकले हिमालयन बैंक लिमिटेडसँग मर्जर गर्न लागेको हल्ला सेयर बजारमा चलेको थियो। असोज ५ गते बजार खुल्नु अगाडि नै जवाफ पठाउन नेप्सले सिभिल बैंकलाई भनेको छ।