वीरगञ्ज। भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही थालेको छ।
व्यवसायीहरूले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारबाही प्रक्रिया अघि बढाएको हो।
वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो।
प्रशासनले व्यापारीहरूलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्ताहरूले राहत पाएको उपभोक्ता विजय पण्डितले बताए।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरूबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए।
स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रूपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
यसअघि व्यापारीहरूले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी १०० रूपैयाँमा बेच्दै आएका थिए। रासस
" /> वीरगञ्ज। भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही थालेको छ।व्यवसायीहरूले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारबाही प्रक्रिया अघि बढाएको हो।

">