६ अङ्कले घटेको नेप्सेमा २ अर्ब ६३ करोडको कारोबार
काठमाडौं। साताको दोस्रो दिन उत्पादनमूलक बाहेक सबै समूहमा गिरावट आउँदा सेयर बजार ६ अंकले घटेको छ। कारोबार भएका समूहमध्ये ११ समूहमा गिरावट आउँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.१२ अंकले घटेको छ।

कारोबार भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक १ हजार ५६९ अंकमा पुगेर रोकिएको छ। यसक्रममा नेप्सेमा २ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बराबरका ८५ लाख ६५ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

आज उत्पादनमूलक समूह १२.२३ अंकले बढ्नुबाहेक अन्य कुनैमा सुधार आएन। जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह सबैभन्दा बढी ६७.८५ अंकले सुधार आएको छ।

आज सेयर बजार घटेपनि युनाइटेड फाइनान्सको सेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरुले प्रतिकित्ता २० रूपैयाँले कमाएका हुन्।

हिजो नेप्से ३ अंकले बढेको थियो। त्यसक्रममाम २ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्