काठमाडौं। काठमाडौंको विग प्लान ब्याग उद्योगसहित तीन कम्पनीविरूद्ध २५ करोड ५८ लाख रूपैयाँ बराबर राजस्व छली गरेको अभियोगमा मुद्दा परेको छ।
राजस्व अनुसन्धान विभागले ती कम्पनीका सञ्चालकहरूविरूद्ध उच्च अदालत पाटनमा हिजो (आइतबार) मुद्दा दर्ता गरेको हो। विभागले उक्त मुद्दामा झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल खरिद गरी २५ करोड ५७ लाख ९७ हजार रूपैयाँ राजस्व तथा आयकरसमेत छली गरेको पाइएको उल्लेख गरेको छ।
ललितपुर महानगरपालिका–३२ स्थित विग प्लान सप्लायर्स/विग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेड एण्ड सप्लायर्स र काभ्रेको बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालक तथा मुख्य कारोबारी रामप्रसाद चौलागाईसमेत तीन जना उक्त राजस्व छली गर्ने कार्यमा संलग्न रहेको विभागले जनाएको छ।
विभागले गरेको अनुसन्धानबाट यी तीन कम्पनीबाट मूल्य अभिवृद्धि करतर्फ सात करोड ५५ लाख २५ हजार रूपैयाँ र आयकरतर्फ १८ करोड दुई लाख ७१ हजार रूपैयाँ गरी कूल २५ करोड ५७ लाख ९७ हजार रूपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएको विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले उल्लिखित कम्पनीका सञ्चालकहरूबाट विगो बराबरको रकम असुली, जरिवाना तथा कैद सजाय मागदाबी गरेको छ।