काठमाडौं। उत्पादन शुरू भएको १५० भन्दा बढी वर्षपछि नेपाली अर्थोडक्स चियाले आफ्नै ब्राण्ड पाएको छ। नेपाली अर्थोडक्स चिया उत्पादन र निर्यात गर्ने १२ कम्पनीहरूले पहिलोपटक ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ नामक ट्रेडमार्क पाएका हुन्।

अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा सहजरूपमा पुर्‍याउने उद्देश्यसहित ७ वर्षअघि उद्योग विभागमा ट्रेडमार्क दर्ता भएको भएको थियो। त्यसपछि २०७४ नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका तयार भएको थियो।

हालसम्म नेपालबाट विदेशमा निर्यात गर्ने सबै चिया उद्योगले छुट्टा-छुट्टै ब्राण्डको चिया निर्यात गर्दै आएका छन्। उनीहरुले आफ्नै उद्योगको नामबाट ब्राण्ड तयार गरेर चिया निकासी गर्दै आएका हुन्।

अब नेपालबाट निर्यात हुने सबै चिया ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ नामबाट निकासी हुने राष्ट्रिय चिया तथा कफि बोर्डका निर्देशक दीपक खनालले देखापढीलाई बताए।

खनालले भने, “अब यी १२ कम्पनी बाहेक अन्यले चिया निकासी गर्न पाउँदैनन् र, नेपालको ट्रेडमार्क प्रयोग गर्ने अनुमति पाएका कम्पनीहरूले पनि आधिकारिक ब्राण्ड प्रयोग गरेर मात्रै निर्यात गर्न पाउँछन्।”

बोर्डमा चियाको ट्रेडमार्क प्रयोग अनुमतिको लागि ४२ वटा उद्योगहरूले आवेदन दिएका थिए। त्यसमध्येबाट अर्थोडक्स चिया उत्पादनमा आवश्यक पर्ने मापदण्ड पूरा गर्ने कम्पनीहरू छनोट भएको खनालले बताएका छन्।

अर्थोडक्स चिया उत्पादन गर्न आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई नेपालको लोगो प्रयोग गर्न अनुमति दिइएको हो। अनुमति पाउनेमा इलाम, संखुवासभा र पाँचथरका उद्योग छन। यस्तो अनुमति पाउने सबैभन्दा बढी उद्योग भने इलामकै छन्। अर्को वर्ष यसै गरी थप कम्पनीलाई ट्रेडमार्क प्रदान गरिने बताइएको छ।

उत्पादित चिया स्वास्थलाई असर नपर्ने, वातावरणीय, चियाको गुणस्तर र पर्यायवरण लगायतका मापदण्ड पूरा गरेपछि ट्रेडमार्क प्रयोग गर्न दिइने खनालले बताए।

नेपाली चियाको विश्वसनीयता बढ्ने

नेपालमा अर्थोडक्स र सीटीसी गरी दुई प्रकारको चिया उत्पादन हुँदै आएको छ। समुन्द्री सतहदेखि ५०० मिटरभन्दा माथि उत्पादन हुने चियालाई अर्थोडक्स चिया भनिन्छ।

यो इलाम, पाँचथर र संखुवासभा लगायतका जिल्लामा बढी उत्पादन हुन्छ। त्यसमा पनि सबैभन्दा बढी इलाममा उत्पादन हुन्छ।

यस्तै, समुन्द्रीसतहभन्दा ५०० मिटरभन्दा तल उत्पादन हुने चियालाई सीटीसी चिया भनिन्छ। यो चिया सबैभन्दा बढी झापामा उत्पादन हुन्छ।

नेपालमा उत्पादन हुने सीटीसी चियामध्ये झापामा मात्रै ९० प्रतिशत उत्पादन हुने सरकारी अधिकारीहरू बताउँछन्।

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने उद्योगहरू १०० को हाराहारीमा रहेको बताइन्छ। यस्तै, सीटीसी चिया उत्पादन गर्ने उद्योगहरूको संख्या १५० को हाराहारीमा छन्।

दुई प्रकारका चिया उद्योगहरूको २५० वटा हुने र त्यसमा आबद्ध श्रमिक र किसानको संख्या ७० हजार रहेको बोर्डको अनुमान छ।

“अब ट्रेडमार्कको ब्राण्ड बन्यो। त्यसलाई हामी सबै मिलेर प्रचारप्रसार गर्नसक्नुपर्छ। त्यसमा चुक्यौ भने ब्राण्डले मात्रै निकासी बढ्न सक्दैन।”

नेपालबाट वर्षमा हरेक वर्ष झण्डै ४ अर्ब रूपैयाँ बराबरको चिया निर्यात हुँदै आएको भन्सार विभागको तथ्यांक छ।

ट्रेडमार्क प्रयोगको अनुमति पाएको कम्पनी गोर्खा टी स्टेटका उदय चापागाईंले अर्थोडक्स चियामा नेपालको छुट्टै ट्रेडमार्क शुरू भएपछि नेपाली चियाको विश्वसनीयता बढ्ने बताए।

उनले भने, “यसअघि मेरो उद्योगमा उत्पादित चिया गोर्खा टी भनेर निर्यात हुन्थ्यो। तर, अबदेखि ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ नामबाट जान्छ।”

यसबाट विदेशी कम्पनीहरूसँगको प्रतिस्पर्धामा सहयोग पुग्ने उनको भनाइ छ।

यस्तै, नेपाल अर्थोडक्स चिया उत्पादक संघका अध्यक्ष दीपक बास्कोटाले वर्षौदेखिको प्रतिक्षा बल्ल पूरा भएको बताए। “पहिलेदेखि सरकारसँग चियामा नेपालको आफ्नै ब्राण्डको माग गर्दै आएका थियौं,” उनले भने, “अब नेपालको पनि आफ्नै ब्राण्ड भएको छ।”

तर, ब्राण्ड लोगो बनाएपछि थप चुनौती भने थपिएको बास्कोटा बताउँछन्। “अब ट्रेडमार्कको ब्राण्ड बन्यो। त्यसलाई हामी सबै मिलेर प्रचारप्रसार गर्नसक्नुपर्छ,” बास्कोटाले भने, “त्यसमा चुक्यौ भने ब्राण्डले मात्रै निकासी बढ्न सक्दैन।”

यसका साथै, भारतीय उत्पादकले सस्तोमा नेपाली चियाको पत्ति लगेर दार्जेलिङको ब्राण्डिङ गरेर बेच्ने क्रिया पनि घट्ने व्यवसायीहरूले बताएका छन्।

ट्रेडमार्क पाउने १२ कम्पनीलाई आज इलाममा आयोजना हुने कार्यक्रममार्फत कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले ट्रेडमार्क प्रयोगको अनुमति दिनेछन्।

नेपालको आधिकारिक ट्रेडमार्क पाउने उद्योग

इलाम

१. सन्दकपुर टी स्टेट

२. गोर्खा टी स्टेट

३. साखेजुङ हिल रेन्ज

४. तारा गाउँ टी स्टेट

५. ओएसिस टी इन्डस्ट्री

६ .उच्चपहाडी चिया उत्पादक सहकारी

७. हिमालयन सांग्रिला टी प्रड्यूसर

८. जस्बिरे टी

९. नेपाल ग्रीन एण्ड स्पेसल टी

तेह्रथुम

१०. सिंहदेवी चिया उत्पादक सहकारी

११. बोक्कै डाँडा चिया उत्पादक सहकारी

संखुवासभा

१२. सगरमाथा टी स्टेट

" /> काठमाडौं। उत्पादन शुरू भएको १५० भन्दा बढी वर्षपछि नेपाली अर्थोडक्स चियाले आफ्नै ब्राण्ड पाएको छ। नेपाली अर्थोडक्स चिया उत्पादन र निर्यात गर्ने १२ कम्पनीहरूले पहिलोपटक ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ नामक ट्रेडमार्क पाएका हुन्।

"> डेढ सय वर्षपछि नेपाली चियाको आफ्नै ब्राण्ड, १२ कम्पनीले पाए ट्रेडमार्क: Dekhapadhi
डेढ सय वर्षपछि नेपाली चियाको आफ्नै ब्राण्ड, १२ कम्पनीले पाए ट्रेडमार्क

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्