काठमाडौं । २३ वर्षपछि नेपाल बैंक लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणअनुसार वितरण योग्य नाफाबाट लाभांश दिने तयारी गरेको हो ।
जसअनुसार १५ प्रतिशत शेयर र १० प्रतिशत नगद गरी शेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् ।
घोषित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
खराब वित्तीय अवस्थाका कारण नेपाल बैंकले २३ वर्षसम्म लाभांश दिन सकेको थिएन ।
गत आर्थिक वर्षदेखि बैंक नाफामा भएपनि सञ्चित नोक्सानीका कारण लाभांश वितरण गर्न पाएको थिएन । चालु आवमा नोक्सानी पूर्ति गरेसँगै बैंकले लाभांश वितरण गर्न पाएको हो ।