प्रभु बैंकको डिबेन्चर सूचिकृत, भोलिबाट कारोबार
काठमाडौं। प्रभु बैंकको डिबेन्चर २०८४ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ। प्रभु बैंकले गत साउनमा ‘प्रभु बैंकको डिबेन्चर २०८४’ बिक्री गरेको थियो।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो। बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गरेको थियो।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेबाट कारोबार गर्न सकिने नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो।

बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्