काठमाडौं। कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी राष्ट्रिय सहकारी महासंघले गरेको छ। सहकारीको प्रयासमा किसानको उत्पादनले बजार पाउँदा मूल्यवृद्धि नियन्त्रणमा आएको भनाइ महासंघको रहेको छ।
“महासंघले किसानबाट किनेर ल्याएको तरकारी उपत्यकाका विभिन्न स्थानमा बेचियो। ठूला तरकारी बजारमा उपलब्ध गराइयो,” राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देखापढीसँग भने, “जसले गर्दा मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्यो।”
चैत ११ गतेदेखि सुरू भएको लकडाउनका कारण सबैजसो आर्थिक र सामाजिक गतिविधि बन्द भएका थिए। त्यही क्रममा बजारको आपूर्ति प्रक्रियासमेत प्रभावित हुँदा किसानका उत्पादनले बजार पाएका थिएनन्।
महामारीले गर्दा किसान अप्ठ्यारोमा परेपछि सहकारी संस्थाहरूले उनीहरूले उत्पादन गरेका तरकारीको उचित व्यवस्थापन गरेका थिए। लकडाउन अवधिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले तरकारीलाई बजारसम्म पुर्याउने काम गरेको थियो।
लकडाउनको समयमा उपत्यकामा दैनिक उपभोग्य वस्तुको सूचीमा रहेको तरकारीजन्य वस्तुको भाउ उकालो लागेको थियो। तर, त्यही समयमा सहकारी संस्थाहरूले उपत्यका बाहिरका जिल्लाबाट तरकारी आपूर्ति गरेपछि मूल्य थप बढ्न पाएको थिएन।
नेफ्स्कुनको समन्वयमा उपत्यकाका वरिपरि जिल्लामा उत्पादित तरकारीलाई काठमाडौंमा ल्याएर बेच्ने काम गरेको महासंघका अध्यक्ष कँडेलले जानकारी दिए।

नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले लकडाउनको समयमा धादिङ, नुवाकोट, चितवन, मकवानपुर, काभ्रे लगायतका जिल्लाबाट तरकारी काठमाडौं ल्याइएको जनाए।
यही बीचमा भक्तपुर र ललितपुरका सहकारीहरूले किसानले उत्पादन गरेका तरकारी संकलन गरी बजारसम्म ल्याउने काम गरेका थिए। यसरी ल्याएको तरकारी उनीहरू आफैंले बिक्रीसमेत गरेका थिए।
“लकडाउनका बेला किसान साँच्चै नै अप्ठ्यारोमा परेका थिए। त्यसपछि हामीले किसानले उत्पादन गरेका तरकारी बिक्रीवितरण गर्ने काम गर्यौं। यसले किसानलाई राहत मिल्यो र उपभोक्ताले पनि महँगीको भार खेप्नु परेन,” ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाईले भने।
महासंघका अध्यक्ष कँडेलका अनुसार लकडाउनका बेला प्रदेश १ को विराटनगर लगायतका स्थानहरूमा व्यापारीले किसानसँग प्रतिकिलो ६ रूपैयाँमा गोलभेडा किनेर ४० रूपैयाँमा बेच्दै आएका थिए। उक्त सूचना जिल्ला सहकारी संघ मोरङले पाएपछि प्रदेश सरकारसँगको समन्वयमा प्रदेशकै एउटा भवनमा किसानको उत्पादन संकलन गरी वितरणको काम सुरु गरेको उनले जनाए।
“जिल्ला संघ मोरङले किसानसँग प्रतिकिलो १२ रूपैयाँमा गोलभेडा किनेर १५ रूपैयाँमा बेचेको थियो। यसबाट किसानले उत्पादन लागत पाउनुका साथै उपभोक्ताले धेरै मूल्य तिर्न परेन,” महासंघ अध्यक्ष कँडेलले भने।
प्रदेश ५ मा सहकारी महासंघ र जिल्ला सहकारी संघले प्रदेश सरकारको समन्वयमा कृषि एम्बुलेन्स सञ्चालन गरेको थियो। प्रदेशमा सञ्चालन गरिएका १४/१५ वटा कृषि एम्बुलेन्सले किसानको खेतबारीमा गएर कृषिवस्तु किनेर ल्याउने र बजारमा बिक्री गर्ने काम गरेको उनले जनाए।
बाँकेका किसान सुमन थारूले लकडाउन र निषेधाज्ञाको समयमा सहकारी संस्थाहरूले आफ्नो उत्पादन किनेर लगेको बताए। उनले देखापढीसँग कुरा गर्दै भने, “यस अवधिमा सहकारीहरूले काँक्रो, करेला र बोडी किनेर लगे। उनीहरूले उचित मूल्यमा बारीबाटै तरकारी किनिदिँदा हाम्रो लगानी डुब्नबाट बचेको थियो।”
नुवाकोटका किसान सविन कार्कीले आफ्नो बारीमा रहेका तरकारी लकडाउनको सुरूआती दिनमा कुहिए पनि केही दिनपछि सहकारीले किनेर लगिदिँदा ठूलो नोक्सानीबाट बचेको बताए।
“सहकारीले उत्पादन लागत उठ्ने गरी टनेलबाटै गोलभेडा किनेर लगे। लकडाउनको सुरूमा केही घाटा खाए पनि पछि धेरै समस्या भएन,” कार्कीले सुनाए।
" /> काठमाडौं। कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी राष्ट्रिय सहकारी महासंघले गरेको छ। सहकारीको प्रयासमा किसानको उत्पादनले बजार पाउँदा मूल्यवृद्धि नियन्त्रणमा आएको भनाइ महासंघको रहेको छ।“महासंघले किसानबाट किनेर ल्याएको तरकारी उपत्यकाका विभिन्न स्थानमा बेचियो। ठूला तरकारी बजारमा उपलब्ध गराइयो,” राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देखापढीसँग भने, “जसले गर्दा मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्यो।”

">