सेयर बजारमा ९ अंकको सुधार, कारोबार घट्यो

काठमाडौं। मंगलाबर २२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार सुधारिएको छ। कारोबार सुरु भएदेखि बढ्न सुरु गरेर दिउँसो केही घटबढ भए पनि बन्द हुँदा ९.३७ अंकले बढेको हो।

होटल समूहबाहेक सबै समूहमा सुधार आउँदा आज नेप्से परिसूचक बजार १ हजार ५५५ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा नेप्सेमा १ अर्ब ७२ करोड कारोबार भई ५८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ। आजको कारोबार रकम हिजोकोभन्दा कम हो।

हिजो २२ अंकले घटेको नेप्सेमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज होटल समूह २३.६४ अंकले घटेको छ। यसबाहेक सबैसमूहमा सुधार देखिएको छ।

आज सबैभन्दा बढी जीवन बीमा समूह ९४ अंक तथा निर्जीवन बीमा समूह ७४ अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस्