काठमाडौं। सरकारले एनसेलका मुख्य लगानीकर्ता आजियाटाले अन्तर्राष्ट्रिय अदालतमा नेपाल सरकारविरुद्ध दिएको मुद्दाको प्रतिरक्षा गर्ने भएको छ।
यसको लागि एक समिति बनाउने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
‘‘नेपाल सरकार र एनसेल समूह आजियाटाबीच लामो समयदेखि करका विषयमा विभिन्न विवाद चल्दै आएको छ,’’ मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘‘यसै विषयमा आजियाटाले नेपाल सरकारविरुद्ध इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इम्भेस्टमेन्ट डिस्पुट्स (आईसीएसआइटी)मा आर्बिट्रेसनको मुद्दा दिएको छ, त्यसको विरुद्ध प्रतिरक्षा गर्ने र त्यसको लागि एउटा टिम बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।’’