काठमाडौं। हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिशा शाह श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ।
उनले हिमालयन डिस्टिलरीको सञ्चालक पदबाट हटेको एक वर्ष नपुग्दै नियमविपरीत शेयर बिक्री गरेको भन्दै बोर्डले ७५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरज गिरीले बताए।
उक्त शेयर बिक्री गराएको ब्रोकर कम्पनी श्री इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिलाई एक लाख ५० हजार रूपैयाँ जरिवाना गराउने निर्णय धितोपत्र बोर्डले गरेको गिरीले जानकारी दिए।
सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) मा सूचीकृत संस्थाको सञ्चालकबाट हटेको एक वर्षसम्म उक्त संस्थाको शेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था रहेको छ।
त्यसैगरी, श्री इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ बमोजिम रहिशा शाह श्रेष्ठको बारेमा पूर्ण विवरणसहितको अभिलेख नराखेको भन्दै बोर्डले सजाय गर्ने निर्णय गरेको हो।
कानुनले तोकेको ‘कुलिङ पिरियड’ नसकिदै आफू सञ्चालक रहेको कम्पनीको शेयर बिक्री गरेको अभियोगमा कारबाही भएको यो पहिलो पटक हो।
हिमालयन डिस्टिलरीकी सञ्चालक श्रेष्ठले गत चैत्र पहिलो साता उक्त कम्पनीको २७ करोड २६ लाख नौ हजार ८२ रूपैयाँ बराबरको शेयर बिक्री गरेकी थिइन्।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरूको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले ५० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।
त्यसैगरी, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियमबमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।
" /> काठमाडौं। हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिशा शाह श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ।उनले हिमालयन डिस्टिलरीको सञ्चालक पदबाट हटेको एक वर्ष नपुग्दै नियमविपरीत शेयर बिक्री गरेको भन्दै बोर्डले ७५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरज गिरीले बताए।

">