काठमाडाैं। सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको जानकारी दिएका छन्।
उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको बुधबार सञ्चार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा बताए।
प्रवक्ता ज्ञवालीका अनुसार आज पहिलोपटक बीसीजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन्। नाकाका केही श्रमिकलाई कोभिड-१९ सङ्क्रमण देखिएपछि केही समयदेखि नाका अवरुद्ध भएको उनले जानकारी दिए।
“केही दिनदेखि ढुवानीमा केही समस्या उत्पन्न भएका थिए। त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ,” उनले भने, "निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएकाे छ।"
" /> काठमाडाैं। सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको जानकारी दिएका छन्।उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको बुधबार सञ्चार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा बताए।

">