काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले १६ असोजदेखि तीन अर्ब रूपैयाँको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।
बैंकले प्रतिकित्ता एक हजार रूपैयाँ दरले तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरी विक्री गर्न लागेको हो। सात वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८४’ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन्।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र बाँकी एक अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने बैंकले जनाएको छ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। धितोपत्र बोर्डको व्यवस्था अनुसार कूल निष्काशनको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा असोज २० गते र ढीलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइनेछ।
बैंकको ऋणपत्रलाई इक्रा नेपालले इ-क्राएनपी आईआर ए-माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने ऋणपत्र पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।