प्रभु बैंक र आइडिया स्टुडियोको ५ प्रतिशत ब्याजदरमा ‘सहयात्रा समृद्धिको’ कर्जा योजना

काठमाडौं। प्रभु बैंक र आइडिया स्टुडियो नेपालले संयुक्त रूपमा ‘सहयात्रा समृद्धिको’ कर्जा योजना सुरु गरेका छन्। कम्पनीहरुले टेम्पो चालक महिला र शिक्षकहरुलाई लक्षित गर्दै ५ प्रतिशत ब्याजदरमै कर्जा योजना ल्याएका हुन्।

टेम्पो चालक महिला र शिक्षकहरुलाई कोभिड-१९ का कारणले परेको आर्थिक समस्या व्यवस्थान गर्न सस्तो ब्याजदरमै कर्जा योजना ल्याइएको स्टुडियोले बताएको छ।

उक्त कर्जा योजनाले महामारीको कारण समस्यामा परेका उनीहरुको व्यवसायलाई पुन सुचारु गर्न सहयोग समेत पुर्‍याउने बताइएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले संसारभरी स्वास्थमा आपतकालिन स्थिति र आर्थिक मन्त्री निम्त्याएको छ।

जसकारण, चैतदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भएका छैनन्। यही क्रममा सफा टेम्पो पनि सञ्चालन हुन सकेका छैनन्।

त्यसैगरी, विगत माघदेखि बन्द भएका शिक्षण संस्थाहरु अहिलेसम्म खुल्न सकेका छैनन्। फलस्वरुप: शिक्षण पेसामा आबद्ध शिक्षकहरु आर्थिक संकट झेल्दै छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला चालक र शिक्षकहरुको यही आर्थिक संकटलाई ध्यानमा राखेर आइडिया स्टुडियोसँग मिलेर न्यून ब्याजदरमा कर्जा प्रदान गर्ने बताए।

यस्तै, आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले सहयात्रा समृद्धिको कर्जा योजना आर्थिक पुनस्थापनाका लागि ल्याइएको बताए।

उनले भने, “यो योजनाले ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, व्यवस्थापन र अनुशासनको र सीपहरु सिक्न केन्द्रीत गरिएको छ।”

नेपाल परिवहन संघका अनुसार काठमाडौं उपत्यकामा झण्डै २०० जनाभन्दा बढी महिला टेम्पो चालक छन्।

प्रतिक्रिया दिनुहोस्