काठमाडौं। हिमालय एअरलाइन्सलाई नियम मिचेर ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको भन्ने आरोपको नागरिक उड्डयन प्राधिकरणले खण्डन गरेको छ।
हिमालय एअरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएपछि आर्थिक चलखेल र कानुन मिचेको आरोप लागेको छ।
उक्त आरोपपछि प्राधिकरणले आज विज्ञप्ति निकाल्दै कम्पनीलाई कानुनबमोजिम नै उक्त सुविधा दिएको जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा ३५ वटाभन्दा बढी उडान भर्ने अनुमति पाएका कम्पनीलाई यो सेवा दिइन्छ।”
प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका, २०७२ को परिच्छेद २ को दफा ४ ले उक्त व्यवस्था गरेको छ।
हिमालय एअरलाइन्सले सोही निर्देशकाको प्रावधान पूरा गरेपछि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाउन गत वर्षको चैत पहिलो सातामा निवेदन दिएको थियो।
हिमालय एअरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति पाउनुअघि एअर इण्डिया र थाई एअरवेजले यो सुविधा प्रयोग गरिरहेका छन्।
प्राधिकरणले नेपालमा व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्ने अनुमति नेपाल वायुसेवा निगमलाई दिएको छ।
निगमले आफ्नो अतिरिक्त अन्य २५ विदेशी वायुसेवाहरूलाई समेत व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।
" /> काठमाडौं। हिमालय एअरलाइन्सलाई नियम मिचेर ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको भन्ने आरोपको नागरिक उड्डयन प्राधिकरणले खण्डन गरेको छ।हिमालय एअरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएपछि आर्थिक चलखेल र कानुन मिचेको आरोप लागेको छ।

">