साउनमा २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड भित्रियो रेमिट्यान्स
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महीनामा ९२ अर्ब ७१ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

केन्द्रीय बैंकले आज जारी गरेको देशको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति  प्रतिवेदनमा नेपालमा रेमिट्यान्स आउनेक्रम २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको उल्लेख छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २ प्रतिशतले बढेको केन्द्रिय बैंकको तथ्यांक छ। अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो।

विश्वव्यापी महाव्याधी बनेको कोभिड-१९ को दुस्प्रभावको कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरुको रोजगारी गुम्ने र रेमिट्यान्स आप्रवाह अत्यन्तै कमजोर हुने आकल विपपरित रेमिट्यान्स आप्रवाहका खासै ठूलो असर परेको छैन।

अघिल्लो आर्थिक वर्षमा नेपाल आउने रेमिट्यान्स २० प्रतिशतसम्मले घट्ने आँकलन गरिएको भए पनि गत आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश पठाउने पैसा (रेमिट्यान्स) ०.५ प्रतिशतले मात्रै घटेको छ। गत आर्थिक वर्षमा आठ खर्ब ७५ अर्ब तीन करोड रेमिट्यान्स नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

आर्थिक वर्ष २०७५/७६ मा विदेशबाट आठ खर्ब ७९ अर्ब रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकले गत आर्थिक वर्षमा नेपाल आउने रेमिट्यान्स आठ खर्बभन्दा नबढ्ने प्रक्षेपण गरेको थियो। ती आकलनका विपरित रेमिट्यान्स आउनेक्रममा खासै कमी आएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्