सरकारी खातामा १९६ अर्ब मौज्दात, शोधानान्तर ५१ अर्ब ४६ करोड बचतमा
काठमाडौं। चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा केन्द्रीय बैंकमा रहेको सरकारी खातामा एक खर्ब ९६ अर्ब ५६ करोड रूपैयाँ नगद मौज्दात रहेको केन्द्रीय बैंकले बताएको छ।

यो राष्ट्र बैंकमा रहेको केन्द्र, प्रदेश र स्थानीय तहको खातामा रहेको रकम समेत हो।

नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउन मसान्तसम्ममा देशको शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा रहेको उल्लेख छ।

अघिल्लो वर्षको साउन महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले मात्र बचतमा थियो। आयात व्यापारमा आएको गिरावट र रेमिटान्स आप्रवाह दर उच्च भएको कारण देशको शोधनान्तर बचत बढेको हो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रूपैयाँ नेपाल भित्रिएको छ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ।

एउटा देशले अन्य विदेशी मुलुकसँग गर्ने कारोबारको हिसाब नै शोधानान्तर हो। नेपाल र अन्य सबै देशसँग आयात निर्यातका लागि हुने वित्तीय लेनदेन शोधानान्तारमा समेटिएको हुन्छ। नेपालबाट विदेशमा धेरै पैसा जाने र नेपालमा पैसा आउने क्रम घट्दा शोधानान्तर घट्छ। तर, विदेशबाट नेपालमा पैसा आइरहने र नेपालबाट भने पैसा नबाहिरिने हुँदा शोधानान्तर बढ्छ।

चालू आर्थिक वर्षमा नेपालमा हुने आयात घटेको र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  पठाउने रेमिट्यान्स बढेको कारणे शोधानान्तर मजबुत भएको हो।

यसैगरी समीक्षा अवधिमा चालू खाता २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो। तर, सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको छ।

समीक्षा अबधिमा प्रत्यक्ष वैदेशिक लगानी तीन प्रतिशतले घटेर एक अर्ब ३९ करोड रुपैयाँमा मात्र भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४४ करोड रुपैयाँ भित्रिएको थियो।

त्यसैगरी, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई एक अर्ब १० करोड पुगेको छ  अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब तीन करोड रहेको थियो।

यस अवधिमा विदेशी विनिमय संचिती भने बढेको छ। २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्यांक छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६० अर्ब ३८ रुपैयाँ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थामा एक खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। २०७७ साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको केन्द्रीय बैंकले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्