काठमाडौं। चीनमा कोरोना भाइरस देखिए यता केरूङमा रोकिएको सामान नेपाल ल्याइसक्न करिब दुई महिना समय लाग्ने व्यवसायीहरूले बताएका छन्। गत माघ १५ देखि रसुवागढी नाकाबाट सामान नेपाल ल्याउन सकिएको थिएन।
रसुवागढी नाका हिजोदेखि सञ्चालनमा आएको छ। उक्त नाकाबाट चीनले दैनिक २० ट्रक सामान छाड्ने जानकारी नेपाली पक्षलाई दिइसकेको छ।
सुरुमा १० ट्रकमा सामान छाड्ने बताए पनि नेपालको अनुरोधपछि दिनमा २० ट्रक छाड्न चीन तयार भएको रसुवागढी भन्सार अधिकृत ललिता ज्ञवालीले बताइन्।
यसरी दैनिक २० वटा ट्रकमा सामान नेपाल भित्रिँदा पनि केरुङमा रोकिएका सामान नेपाल आइसक्न ६० दिन लाग्ने देखिएको हो।
चीनबाट सामान आयात गर्ने व्यापारीहरूका अनुसार माघ १५ देखि रसुवागढी नाका बन्द हुँदा केरुङमा एक हजार २०० भन्दा बढी ट्रक रोकिएका छन्।
सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले केरुङमा माघयता एक हजार २०० वटा ट्रक रोकिएको बताए।
“लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रिक सामान लगायत लोड भएका कन्टेनर नेपाल चीन सीमाको चिनियाँ भूमिमा रोकिएका छन्”, उनले भने, “चीनले समयमै नाका नखोल्दा स्याउ, लसुन जस्ता वस्तुहरू बिग्रिसकेका छन्।”
दिनमा १६ घण्टा नाका खुल्ने
भन्सार कार्यालयका अनुसार चीनले बिहान ८ बजेदेखि सामान छाड्ने जानकारी दिएको छ। त्यसपछि दैनिक १६ घण्टासम्म नाका सञ्चालनमा रहने बताइएको छ।
चीनतर्फका १० वटा ट्रकमा आउने सामान नेपाल ल्याउनका लागि नाकामा ३२ जना कामदार खटाइएको छ। ती कर्मचारीले भ्याए मात्रै दिनमा २० वटा ट्रक नेपाल आउने ज्ञवालीले बताइन्।
“कामदारले सामान लोड गर्न भ्याएनन् भने त्योभन्दा कम सामान पनि आउन सक्छ”, उनले भनिन्।
" /> काठमाडौं। चीनमा कोरोना भाइरस देखिए यता केरूङमा रोकिएको सामान नेपाल ल्याइसक्न करिब दुई महिना समय लाग्ने व्यवसायीहरूले बताएका छन्। गत माघ १५ देखि रसुवागढी नाकाबाट सामान नेपाल ल्याउन सकिएको थिएन।रसुवागढी नाका हिजोदेखि सञ्चालनमा आएको छ। उक्त नाकाबाट चीनले दैनिक २० ट्रक सामान छाड्ने जानकारी नेपाली पक्षलाई दिइसकेको छ।

">