दाङ। कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व संकलन भएको छ।
जिल्लाका संघ, प्रदेशअन्तर्गतका कार्यालयहरू र स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तसम्म यी कार्यालयहरूले तीन अर्ब १६ करोड रूपैयाँ राजश्व सङ्कलन गरेका छन्।
तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयले दुई अर्ब १० करोड राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
तीमध्ये सङ्घ सरकारअन्तर्गत रहेका कार्यालयहरूले दुई अर्ब ५४ करोड बढी राजश्व सङ्कलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले रु ६२ करोड १६ लाख राजश्व सङ्कलन गरेका छन् ।
कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिँचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजश्व सङ्कलन गरेका छन्। रासस
" /> दाङ। कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व संकलन भएको छ।जिल्लाका संघ, प्रदेशअन्तर्गतका कार्यालयहरू र स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो।

">