तीन लघुवित्त मर्जरमा जाने सहमति, एकीकृत संस्थाको चुक्ता पूँजी ३५ करोड पुग्ने

काठमाडौं। तीन वटा लघुवित्त वित्तीय संस्थामा एक आपसमा मर्जरमा जाने सहमति गरेका छन्।

काभ्रेमा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था मर्जरमा जाने आपसी सम्झौतामा गरेका हुन्।

उक्त समझदारी पत्रमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाले शुक्रबार बागलुङ बजारमा हस्ताक्षर गरेका हुन्।

हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ। मर्जर पश्चात एकीकृत संस्थाको चुक्ता पूँजी ३५ करोड २ लाख ६५ हजार हुनेछ।

आरम्भ चौतारीले सर्वसाधारणका लागि आईपीओ निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफपीओको मार्फत् पुर्‍याउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्