पर्यटन पुनरूत्थानमा सहयोग गर्न कार्यदल गठन
काठमाडौं। नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न पर्यटन पुनरुत्थान टास्क फोर्स नेपाल स्थापना भएको छ।

निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम विश्व पर्यटन दिवशको अवसर पारेर पर्यटन पुनरूत्थान कार्यदल बनाइएको हो।

आज काठमाडौंको नयाँ बानेस्वरस्थित एभरेष्ट होटलमा आयोजित एक विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन पुनरुत्थान टास्क फोर्सको औपचारिक उद्घाटन गरे।

कार्यदलले देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी संचार गर्ने कार्यमा केन्द्रीत रहने गरी कार्यक्रम तथा गतिविधि गर्ने बताइएको छ।

त्यसैगरी, पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरु तथा आवश्यक तयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु बनाउन र कार्यान्वयन गर्न सघाउ पु¥याउने बताइएको छ।

आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देश दर्शन कार्यक्रमको लञ्चिङ पनि गरिेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सबै सरोकारवालाहरु एक भएर लागेमात्रै पर्यटन पुनरुत्थान छिटो हुन सक्ने बताए।

कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारीले पर्यटन पुनरुत्थान कार्यदलको प्रशंशा गर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुसंग थप समन्वय र सहकार्य गरी थप प्रभावकारी कार्यहरु अघि बढाउन सुझाव दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्