विदेशमा अलपत्र ११८७ नेपाली आज स्वदेश फर्के, रोजगार गुमाई फर्कनेको संख्या ८० हजार नजिक
काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका १ हजार १८७ जना नेपाली आज स्वदेश फर्केका छन्।

उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको हो। योसँगै कोरोनाका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्कनेको संख्या ७९ हजार ५४४ पुगेको छ।

कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार आज कतारको दोहाबाट तीन वटा उडानमा ४४० जना, मलेसियाबाट १३५ जना, युनाईटेड अरब इमिरेट्स (युएई)बाट १६८ जना, दुबईबाट २०८ जना, चीनबाट ७ जना र सारजहाबाट १४३ जना आज स्वदेश फर्केका छन्। आज उद्धार गरिएको उडानमा १२ जना विदेशी समेत नेपाल आएका छन्।

“वहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएका छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परिक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनहरुमा पठाउने तयारी भइरहेको छ।”

कोरोना महामारीका कारण अप्ठेरोमा परी विदेशबाट हालसम्म स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन्। यसरी फर्केका मध्ये १८ हजार २६४ जना बागमती प्रदेशका रहेका छन्।

फर्किनेहरु मध्ये १४ हजार ६११ जना प्रदेश नं.१ का, १२ हजार ३ जना प्रदेश नं.२ का, ९ हजार ३० जना गण्डकी प्रदेशका, ११ हजार ६११ जना प्रदेश नं. ५ का, १ हजार ५२५ जना कर्णाली प्रदेशका र १ हजार ७४५ जना सुदुरपश्चिम प्रदेशका रहेका छन्। स्वदेश फर्केका मध्ये ९ हजार ५५४ जना कुन प्रदेशका हुन् छुट्टीएको छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालसम्म वैदेशिक रोजगारीमा गएकाहरु मध्ये १ लाख ३९ हजार ६७४ जनाले आफूहरु अप्ठोरोमा परेका जनाउँदै स्वदेश फर्काइदिन आवेदन दिएका छन्।

यसरी आवेदन दिनेहरु अधिकांस खाडी राष्ट्र र मलेसियामा कार्यरतहरु छन्। विदेशमा वेरोजगार भई स्वदेश फर्कन चाहने नेपालीको संख्या प्रत्येक साता तीन–चार हजारले थपिदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्