काठमाडौं। नेपाल राष्ट्र बैंकले नौ वर्ष अवधिको लागि जारी गरेको २० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल आज गर्ने भएको छ।
राष्ट्र बैंकले आज बोलकबोल गर्ने गरी “विकास ऋणपत्र २०८६ ‘घ’ विक्रीको लागि आज सूचना प्रकाशन गरेको थियो।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिद गर्न सक्छन्।
यसरी खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पनि पाइने नेपाल राष्ट्र बैंकले बताएको छ।
ऋाज बोलकबोल भएपछि नेपाल राष्ट्र बैंकले भोली ऋणपत्र निष्काशन गर्ने छ। यो ऋणपत्रको साँवा भुक्तानी २०८६ सालको असोज १२ गते हुनेछ।
ऋणपत्र खरिद गर्नेलाई नेपाल राष्ट्र बैंकले अर्धवार्षिक रुपमा ब्याज भुक्तान गर्ने र आर्जिक ब्याजमा ब्याजकर लाग्ने बताइएको छ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र ३ अर्व छुट्ट्याइएको नेपाल राष्ट्र बैंकले बताएको छ। त्यसैगरी, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
ऋणपत्र खरिद गर्न चाहनेहरुले कम्तीमा पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाउनेछन्।
ऋणपत्रका लागि प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर उल्लेख गर्नु पर्ने र ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्ने नेपाल राष्ट्र बैंकले बताएको छ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले नौ वर्ष अवधिको लागि जारी गरेको २० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल आज गर्ने भएको छ।राष्ट्र बैंकले आज बोलकबोल गर्ने गरी “विकास ऋणपत्र २०८६ ‘घ’ विक्रीको लागि आज सूचना प्रकाशन गरेको थियो।

">