आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ अंकले बढे पनि कारोबार रकम उत्साहजनक रहेको छ।
• कारोबार भएका १२ समूहमध्ये ५ बाहेक अन्य सबै समूह ओरालो लागेका छन्।

सामान्य अंकले बढेको नेप्सेमा ३१३ करोडको कारोबार
काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.२९ अंकले बढेको छ। कारोबार खुलेदेखि परिसूचक तलमाथि भए पनि अन्तिम समयमा सम्हालिँदै सुधार आएको हो।

सामान्य अंकले बढेर १ हजार ५६५ अंकमा पुगेर बन्द भएको नेप्सेमा ३१३ अर्बभन्दा बढीको कारोबार भएको छ। यसक्रममा १ करोड ९९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १२ समूहमध्ये ५ समूहमा सुधार आएको छ। त्यसबाहेक अन्य ७ समूह ओरालो लागेका छन्। त्यही ५ समूहले उचालेको बजार ४ अंकले बढेको हो।

बैंक, विकास बैंक, होटल, वित्त र म्यूचुअल फण्ड समूह मात्रै सुधारिएका हुन्। आज घटेका समूहमध्ये जीवन बीमा समूह ८३ अंक र निर्जीवन बीमा समुह ७२ अंकले घटेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्