युनिलिभरको नाफामा ओरालो यात्रा, १०० प्रतिशत मात्रै नगद लाभांशको प्रस्ताव

काठमाडौं। युनिलिभर नेपालले एक दशक यताकै कम लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।

कोभिड–१९ महामारीको दुस्प्रभावको कारण युनिलिभरको नाफा घटेको हो। युनिलिभर कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको १६१औं बैठकले एक सय प्रतिशत लाभांस प्रस्ताव गरेको हो। कम्पनीले गत वर्ष ७७० प्रतिशत नगद लाभांस दिएको थियो।

युनिलिभरल आर्थिक वर्ष २०७३/०७४ मा १२७० प्रतिशत नगद लाभांस दिएको थियो। गत वर्ष युनिलिभरले ७७० प्रतिशत नगद लाभांश दिएको थियो।

सूचिकृत कम्पनीमध्ये युनिलिभर सबैभन्दा महङ्गो कम्पनी हो। यसको शेयर मूल्य करीब २० हजार रूपैयाँ प्रतिकित्ताको हाराहारीमा छ।

केही वर्षदेखि कम्पनीको नाफामा गिरावट हुँदै आएको थियो। यो वर्ष कोरोना महामारीको कारण कम्पनीको नाफा एकै पटक ह्वात्तै घटेको हो।

गत आर्थिक वर्षमा कम्पनीले ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। उक्त नाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी १५० रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ।

कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनको लागि कात्तिक २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ। कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउँछन्।

प्रतिक्रिया दिनुहोस्