नेपालमा अर्थोडक्स र सीटीसी गरेर दुई प्रकारको चिया उत्पादन हुन्छ। समुद्री सतहबाट ५०० मिटरभन्दा माथि उत्पादन हुने अर्थोडक्स र त्यसभन्दा तल उत्पादन हुने सीटीसी चिया हो।
सीटीसी चियाको प्रमुख बजार भारत हो भने अर्थोडक्स चियाको बजार युरोप तथा विकसित मुलुकहरू हुन्।
यो दुई महिनाको अवधिमा नेपालबाट जर्मनीमा सबैभन्दा धेरै अर्थोडक्स चिया निकासी भएको छ। जर्मनीमा नेपालबाट १ करोड रूपैयाँभन्दा बढीको चिया निकासी भएको छ।
त्यसपछि, फ्रान्समा ३२ लाख, चेक रिपब्लिकमा २१ लाख, जापानमा ८८ लाख, नेदरल्याण्ड्स १० लाख र अमेरिकामा ४१ लाख रूपैयाँको अर्थोडक्स चिया निकासी भएको छ।

महामारीमा बढ्यो नेपाली चियाको माग, भारततर्फ दैनिक २० ट्रक निकासी: Dekhapadhi
चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै नेपालबाट २ अर्ब ७३ करोड रूपैयाँभन्दा बढीको अर्थोडक्स र सीटीसी चिया निकासी भएको छ।
भारतको पश्चिम बंगाल राज्यमा भएको कडा लकडाउनका कारण त्यहाँ चिया उत्पादन स्वाट्टै घट्दा भारतीय बजारमा सीटीसी चियाको अभाव भएको छ।
चिया उत्पादन कम हुँदा भारतीय बजारमा चियाको मूल्य दोब्बरले बढेको छ।
महामारीमा बढ्यो नेपाली चियाको माग, भारततर्फ दैनिक २० ट्रक निकासी

काठमाडौं। कोभिड-१९ महामारीको समयमा नेपालमा उत्पादित चियाको निकासी बढेको छ। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको तथ्याङ्कले नेपाली चियाको निकासी उल्लेख्य मात्रामा बढेको देखाएको हो।

“लकडाउनको अवधिमा नेपालबाट चियाको निकासी ह्वात्तै बढेको छ,” भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।

भन्सार विभागका अनुसार साउन र भदौ महिनामा मात्रै नेपालबाट विदेशतर्फ अर्थोडक्स र सीटीसी गरेर ५३ लाख किलोभन्दा बढी चिया निकासी भएको छ। त्यसको मूल्य २ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी हुन आँउछ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा नेपालबाट १ अर्ब ८२ करोड रूपैयाँको मात्रै चिया निकासी भएको थियो, जुन यो वर्ष भएको निकासीको तुलनामा ९० करोडले कम हो।

यसमध्ये भारतमा मात्रै १ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको सीटीसी चिया निर्यात भएको छ। नेपालबाट विदेशतर्फ सीटीसी र अर्थोडक्स गरी दुई प्रकारका चिया निकासी हुन्छ।

भन्सार विभागका अनुसार भारतमा निर्यात हुने ९५ प्रतिशत चिया सीटीसी चिया हो। यो अवधिमा भारतबाहेक जर्मनीमा १ करोड ८१ लाखको सीटीसी चिया निकासी भएको छ। यस्तै, रुसमा १ करोड ८४ लाख र जापानमा ४७ लाखको सीटीसी चिया निकासी भएको भन्सार विभागले जानकारी दिएको छ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले लकडाउनमा भारतमा चियाको उत्पादन घट्दा नेपालतर्फको निकासी बढेको जानकारी दिए। खासगरी भारतको सबैभन्दा बढी चिया उत्पादन हुने पश्चिम बंगाल सरकारले महामारीबाट बच्न कडा लकडाउन गरेको छ। यस कारण उक्त राज्यमा चियाको उत्पादन ठूलो मात्रामा घटेको हाे।

फलस्वरूप, चियाको सबैभन्दा ठूलो बजार भारतमा चियाको अभाव देखिएको छ। भारत चियामा आत्मनिर्भर भए पनि लकडाउनले बजारमा चियाको मागसँगै मूल्य समेत बढाएको छ।

अघिल्ला वर्षहरूमा प्रतिकिलो २०० रूपैयाँको हाराहारीमा पाइने सीटीसी चियाको मूल्य भारतीय बजारमा यतिबेला ४०० भन्दा माथि पुगिसकेको बोर्डले जानकारी दिएको छ।

यही कारण, पछिल्लो केही सातायता नेपालबाट भारततर्फ दैनिक २० वटा ट्रकमा चियाको निकासी हुने गरेको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताए।

“यतिबेला भारतमा ठूलो माग छ। उक्त मागलाई धान्न सकियो भने यो वर्ष नेपालले चियाबाट सबैभन्दा धेरै विदेशी रकम भित्र्याउन सक्छ,” भट्टराईले भने। उनका अनुसार भारतमा वार्षिक १ अर्ब किलोभन्दा बढी सीटीसी चियाको खपत हुन्छ।

बजार मागभन्दा २५ करोड बढी अर्थात् १ अर्ब २५ करोड किलो चिया उत्पादन हुने भारतमा लकडाउनले स्वाट्टै उत्पादन घटेको हो। यसको प्रत्यक्ष फाइदा नेपाललाई पुगेको छ।

अर्थोडक्स चियाको मुख्य बजार युरोप